|
एन्फा

काठमाडौं : नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मैदानमै होली मनाएको छ। टोलीले आज बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा होली मनाएको हो। 

एएफसी एशियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली यही चैतमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागी हुँदै छ।

थाइल्याण्डको राष्ट्रिय र एक शीर्ष क्लबसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली यतिबेला बन्द प्रशिक्षणमा रहेर अभ्यासलाई तीव्रता दिइरहेको छ। केही अनुभवी राष्ट्रिय खेलाडीबिना तयारी गरिरहेको नेपालले अभ्यासलाई तीव्रता दिइरहँदा टोली सुखद नतिजाको लक्ष्यमा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.