|

काठमाडौं : गायिका रानी शाक्यको नयाँ गीत सार्वजनिक भएको छ। अमेरिकामा रहेर गायनमा निरन्तर लागिरहेकी गायिका रानीको 'नपार दोधारमा' बोलको गीत सार्वजनिक भएको हो। रानी र रोशन बलुवाको स्वर रहेको यो गीतमा विक्रम केसीको शब्द र रोशनकै संगीत छ।

गीतको भिडियोमा पुष्प खड्का र गीता ढुंगानाको नृत्य तथा अभिनय रहेको छ। जसको कोरियोग्राफी तथा निर्देशन मदन खड्काले गरेका हुन्। वीरेन्द्र भट्टको छायांकन रहेको भिडियोको सम्पादन विकास ज्ञवालीले गरेका हुन्।

रानीको आवाजमा रहेका 'यस्तो माया', 'तिमी चल्छौ यो मुटुमा', 'सुटुक्कै', 'रहे न रहे' लगायतका दर्जनौँ गीत सार्वजनिक भइसकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.