|

काठमाडौं : विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’विमोचन भएको छ। शनिबार त्रिभुवन विश्वविद्यालयमा पुस्तकको विमोचन गरिएको हो।

पुस्तकको वरिष्ट साहित्यकारद्वय पूर्व प्रा. डा. गोविन्दराज भट्टराई, अञ्जना वस्ती भट्टराई, साहित्यकार तथा शिक्षाविद् डा. सुरेन्द्र सिटौला, समालोचक साधना प्रतिक्षा र महेश पौडेललगायतले संयुक्तरूपमा विमोचन गरेका हुन्।

पुस्तक विमोचनपछि पूर्व प्रा. डा. भट्टराईले विश्वविद्यालयमा लामो समयपछि एक विलक्षण प्रतिभा भएको हस्तीको जन्मभएको बताए। उनले मुग्लान उपन्यास निकाल्दा आफू २१ वर्षको ठिटो भएको स्मरण गर्दै लेखकले यो उमेरमा यति सशक्त कृति निकालेकोमा हर्षले विभोर भएको बताए।

करिब ४८ वर्षपछि क्याम्पसमा उदाएको लेखकमा प्रचुर कल्पनाशक्ति भएको उनको भनाइ थियो। समालोचक महेश पौडेलले उपन्यास एउटा तिलस्मी भएको ठहर गरे। समाजमा बदनाम भइसकेपछि त्यसबाट कसरी छुटकारा पाउँने भन्ने प्रश्न उपन्यासले गरेको उनले बताए।

समीक्षक साधना प्रतीक्षाले बौद्धिक चोरीमा आफ्नो पीडा व्यक्त्त गर्न नसकेका आम वौद्धिक वर्गको पीडालाई उपन्यासले उतारेको बताइन्। त्यस्तै, अञ्जना वस्ती भट्टराईले लेखकमा गोविन्दराज भट्टराईको अनुहार देखेको धारणा राखिन्। साहित्यकार तथा शिक्षाविद् सुरेन्द्र सिटौलाले एक सशक्त लेखकको जन्म भएकोमा बधाई दिए।

लेखक विमल सिटौलाले विश्वविद्यालयमा एक सेमेस्टरको अवलोकन र अनुभव पश्चात यो उपन्यास लेख्न सुरु गरेको बताए। आफू जापानिज राइटर हारुकी मुराकामीको लेखनबाट प्रभावित भएको उनको भनाइ छ।

 पैरवी बुक हाउसले बजारमा ल्याएको उपन्यासको मूल्य ३७५ रुपैयाँ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.