|

काठमाडौं :  भारतको पूर्वी राज्य बिहारमा अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवन गरेका कम्तीमा १७ जनाको मृत्यु भएको छ।

बिहारको मधेपुरा, भागलपुर, बाँका र मुर्लिगञ्ज गरी चार जिल्लामा मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

समाचारमा भनिएको छ, “उपलब्ध जानकारीअनुसार मधेपुरामा तीन जना, बाँकामा नौ र भागलपुरमा चार जनाको मृत्यु भएको छ भने बिहारको मुर्लिगन्जले अनाधिकारिक रूपमा उत्पादित मदिरा सेवनका कारण एकजनाको मृत्यु भएको  छ।”

बिहारमा अनधिकृत रूपमा उत्पादित मदिराका कारण यो राज्यको भागलपुर छ र गोपालगञ्ज १० गरी दुई जिल्लामा १६ जनाको मृत्यु भएको एक हप्ता पनि नबित्दै यो दुःखद् घटना भएको हो।

बिहार सुक्खा राज्य हो र सन् २०१६ देखि यहाँ अनधिकारिकरूपमा उत्पादन हुने र बिक्री हुने रक्सीको बिक्री र सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.