|

काठमाडौं : सरकारले देशभरिका एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने भएको छ। यसका लागि स्वास्थ तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ समेत जारी गरेको छ।

एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट परिचालन गर्न राष्ट्रिय प्रेषण केन्द्र सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले ३ जना स्टाफ नर्स र ३ जना हेल्थ असिस्टेन्ट मागेको छ।  इच्छुक नर्स र हेल्थ असिस्टेन्ट ७ दिनभित्र निवेदन दिनसमेत मन्त्रालयले सूचना जारी गरेको छ। सन् २०२३  डिसेम्बरसम्म ग्लोबल फण्डको वित्तिय सहायता प्राप्त गरेकाले स्वास्थ्यले उक्त केन्द्र सञ्चालनका लागि ३ जना स्टाफ नर्स र ३ जना हेल्थ असिस्टेन्ट राख्न लागेको मन्त्रालयले जनाएको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.