|

 विराटनगर : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सार्ने सरकारको कुनै मनसाय नभएको बताएका छन्।

मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दैे आज (सोमबार) नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुने बताए। कार्यक्रममा उनले निर्वाचन सार्ने सरकारको कुनै मनसाय नभएको बताए। 

'निर्वाचन आयोगले निर्वाचन गराउने हो, सरकारले सहयोग गर्ने बताउँदै उनले निर्वाचन आयोग कटिबद्ध भएर निर्वाचन गराएरै छाड्ने प्रतिबद्धता जनाएको छ,' उनले भने, ‘सरकारको पनि निर्वाचन सार्ने कुनै मनसाय पनि छैन।’

देश निर्वाचनको संघारमा रहेको बताउँदै स्थानीय निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै लाग्नुपर्नेमा उनले जोड दिए। उनले सुन्दरहरैंचा नगरको  ३५ शय्या क्षमताको नगर अस्पतालसमेत उद्घाटन गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.