|

मोरङ : मोरङको लेटाङमा अनिश्चितकालीन कर्फ्यु खुकुलो बनाइएको छ। यौन दुर्व्यवहारको घटनाले उग्ररूप लिएर हिंसात्मक झडपमा एक महिला प्रहरीको मृत्यु भएपछि लेटाङमा कर्फ्यु लगाइएको थियो।

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले दिनको ६ घण्टा आवागमन गर्न पाउने छुटसहित भोलि बिहानबाट कर्फ्यु केही खुकुलो बनाएको हो।

मोरङ प्रशासनका अनुसार भोलि बिहान ६ बजेदेखि १० बजेसम्म ४ घण्टा र दिनको ४ बजेदेखि बेलुकी ६ बजेसम्म २ घण्टा कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको हवल्दार चन्द्रकला चौधरीले थाहाखबरलाई जानकारी दिइन्। अरू समयमा भने कर्फ्यु जारी रहनेछ।

लेटाङमा एक शिक्षकले आफ्नै छात्रालाई यौन दुर्व्यवहार गरेको घटनापछि उत्पन्न झडपका क्रममा गत आइतबार महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.