|

काभ्रे : अरनिको राजमार्गअन्तर्गत काभ्रेको बनेपामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बसले मोटरसाइकललाई ठक्कर दिँदा चालक रामेछापको रामेछाप नगरपालिका–२ का २८ वर्षीय सुनिल कुमार खड्काको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले धुलिखेल अस्पतालमा उपचारको क्रममा मोटरसाइकल चालक खड्काको मृत्यु भएको जानकारी दिए।

उनका अनुसार बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक खड्कालाई उपचारको लागि शिरमेमोरियल अस्पतालमा लागिएको त्यहाँ सम्भव नभएपछि धुलिखेल अस्पतालमा रेफर गरिएको थियो।

डिएसपी खतिवडाले शुक्रबार बिहान करिब साढे ६ बजेतिर बनेपाबाट धुलिखेलततर्फ जाँदै गरेको बा२ख ५२९४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा८१प४२१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक गम्भीर घाइते भएको बताए।

डिएसपी खतिवडाका अनुसार मोटरसाइकलमा पछाडि सवारमा सोही ठेगानाका २७ वर्षीय सन्तोष खड्का घाइते भएका छन्। उनको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालयले बसका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.