|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीयलाई विकासको जिम्मेवारी दिन आवश्यक रहेको बताएका छन्।

शनिवार ललितपुरको भीमसेन मन्दिरको पुनर्निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा देउवाले स्थानीयलाई जिम्मा दिएका काम राम्रो भएकाले विकास निर्माणको काम उनीहरूलाई नै दिनुपर्नेमा जोड दिए। उनले विकास निर्माणको काम स्थानीय सरकार दिएका अधिकांश काम राम्रो र छिटो तथा गुणस्तरी भएको बताए।

प्रधानमन्त्री देउवले भने‚ ‘स्थानीयलाई नै विकासको काममा जिम्मेवारी दिन अति आवश्यक छ। अहिलेसम्म राम्रो काम भएको पनि छ।’

उनले ललितपुर महानगरपालिकामा भएको विकास राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत नेपाल र नेपालीको परिचय फराकिलो बनाउन सहयोग पुग्ने विश्वास लिएको बताए। २०७२ सालको भूकम्पले भीमसेन मन्दिरमा क्षति पुर्‍याएको थियो। उक्त मन्दिरको पुनर्निर्माण स्थानीय व्याबसायी र दाताहरुको आर्थिक सहयोगमा भएको हो।

पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले पनि आर्थिक सहयोग गरेको थियो। यो मन्दिर झण्डै ३०० वर्षअघि श्रीनिवास मल्लको पालामा निर्माण भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.