|

काठमाडौं : त्रिदेशीय टी–ट्वेन्टी क्रिकेट श्रृंखलामा नेपाल र पपुवा न्यूगिनी –पीएनजी) बीच आज दोस्रो खेल हुँदैछ। नेपाल पीएनजीविरुद्धको दोस्रो खेल पनि जित्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ। 

नेपाल र पीएनजीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ। सिरिजको पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको नेपाल दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराउँदै तालिकाको शीर्ष स्थानमा छ।  दुवै खेलमा अंक जोड्न नसकेको पीएनजी तालिकाको पुछारमा छ। मलेसिया २ खेलमा १ जित र १ हारसँगै २ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। 

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपाल र पीएनजीबीच २ पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपाल र पीएनजीले एक एक खेलमा जित निकालेका छन्। यसअघि पिएनजीविरुद्धको एक दिवसीय सिरिज भने नेपाल दुवै खेलमा पराजित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.