|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा भोलि (शुक्रबार) तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै छन्। प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासहित स्वास्थ्य सचिव डा रोशन पोखरेल पनि संलग्न रहने छन्।  

 प्रधानमन्त्रीको उच्चस्तरीय भ्रमण दलमा स्वास्थ्यमन्त्री तथा स्वास्थ्य सचिव सहभागी हुने भए पनि हालसम्म उक्त भ्रमणमा स्वास्थ्यका कस्ता एजेण्डा प्रस्तुत गरिने एकिन भइनसकेको स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहाकार डा. रमेश ढकालले बताए।

‘भ्रमणमा मन्त्रीज्यू र सचिवज्यू पनि सहभागी हुने  कुरा हामीलाई हिजो मात्र जानकारी भएको थियो। यसले गर्दा हालसम्म मन्त्रालयका तर्फबाट कुनै ठोस एजेण्डा तय भएको छैन, प्रधानमन्त्री कार्यालय तथा परराष्ट्र मन्त्रालयबाट तयारी भएको भए हामीलाई जानकारी छैन,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.