|

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गरेरै अघि बढनुपर्ने अवस्था रहेको बताएकी छन्।

जनता समाजवादी पार्टी, नेपालको नेतृसमेत रहेकी मन्त्री यादवले स्थानीय तह निर्वाचनमा सबै ठाउँमा सत्तारुढ दलहरुबीच गठबन्धन नभए पनि ठाउँ हेरेर त्यसको निर्क्योल हुने पनि स्पष्ट पारिन्।

शुक्रबार जनकपुरमा विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि तत्काल चुनावी गठबन्धन हुने अवस्था नरहेको स्पष्ट पारिन्। विचार, मन र नियत तीन वटै कुरा नमिल्ने भएकाले सो पार्टीसँग तत्काल चुनावी तालमेल हुने अवस्था नरहेको मन्त्री यादवको तर्क थियो।

उनले भनिन्, ‘अहिले हामी गठबन्धन सरकारमा पनि छौं। त्यो विभिन्न ठाउँमा परिस्थितिबश हाम्रो गठबन्धन भएर अगाडि बढने अवस्था छ। हामी सबै ठाउँमा नगरेपनि कुनकुन ठाउँमा कसरी गर्नुपर्छ? भनेर त्यो चाहिँ हामी गर्छौं। कुनै पनि सम्भावना समाप्त हुँदैन। राजनीतिमा हरेक सम्भावना परिस्थितिबश अगाडि बढछ।

लोसपाको पनि विचार मिल्यो भने हामी सोच्न सक्छौं तर विचारै हामीसँग मिल्दैन। त्यसैकारणले गठबन्धन पनि विचारबाट, मनबाट र नियतबाट मिल्नुपर्छ। नियतै नमिल्दाखेरी त हात जोडेर मात्रै भएन। तर सम्भावना भने अन्त्य हुँदैन।’

मन्त्री यादवले राजनीतिमा हरेक सम्भावना हुने तर त्यो विचार, मन र नियत नमिल्दा सम्भव नहुने पनि दोहोर्‍याइन्। उनले परिस्थितिअनुसार विभिन्न दलहरुसँग चुनावी तालमेल गर्दै अघि बढ्ने पनि बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.