|

कतार विश्वकपमा समूह चरणमा कुन देशले कोसँग खेल्ने तय गर्न आज शुक्रबार ड्र सार्वजनिक हुँदै छ। कतारमा आगामी नोभेम्बरमा शुरु हुने विश्वकप २०२२ को आज राति ९:४५ मा सार्वजनिक हुनेछ। फिफाले विश्वकपमा छनोट भएका २९ देशसहित कुल ३२ देशका लागि ड्र सार्वजानिक गर्नेछ। 

कतारको दोहामा एक कार्यक्रममा सार्वजनिक हुने ड्रमा फिफाले ४ पट बनाएर टोली विभाजन गरेको छ। जहाँबाट समूह चरणमा सहभागी टोलीको तय हुनेछ। विश्वकपका लागि २९ देश छनोट भइसकेका छन्। ३ देश तय हुन बाँकी छ। ग्रीष्म याममा आयोजना हुँदै आएको विश्वकप गर्मी मौसमका कारण यो पटक २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म आयोजना हुने कार्यतालिका रहेको छ।

कुन पटमा कुन टोली

पट-१: कतार, ब्राजिल, बेल्जियम, फ्रान्स, अर्जेन्टिना, इङ्ल्यान्ड, स्पेन र पोर्चुगल

पट-२: मेक्सिको, नेदरल्यान्ड्स, डेनमार्क, जर्मनी, उरुग्वे, स्विट्जरल्यान्ड, अमेरिका र क्रोएसिया

पट-३: सेनेगल, इरान, जापान, मोरक्को, सर्बिया, पोल्यान्ड, दक्षिण कोरिया र ट्युनिसिया

पट-४: क्यामरुन, क्यानडा, इक्वेडर, साउदी अरेबिया, घाना, अन्तरराष्ट्रिय प्लेअफ १ र २ बाट आएका २ टोली र युइएफए प्लेअफको विजेता

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.