|

काठमाडौं : अब कोरोनाविरुद्धको पूर्ण खोप लगाएको ३ महिनामै बुस्टर मात्रा लगाउन पाइने भएको छ। सरकारले कोभिडविरुद्धको पूर्ण खोप लगाएको ३ महिना पुगेका व्यक्तिलाई थप एक मात्रा (बुस्टर) खोप दिने निर्णय गरेको हो।

राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिशअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाइ पूर्ण खोप लगाएको ३ महिना पूरा भएकालाई बुस्टर मात्रा लगाउन निर्देशनसमेत दिइसकेको छ।  

यसअघि सरकारले पूर्ण खोप लगाएको ६ महिना पुगेका व्यक्तिलाई मात्रै बुस्टर मात्रा लगाउँदै आएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.