|

धनगढी : डोटीको पूर्वी चौकी गाउँपालिका–३ गैरागाउँमा जीप दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ। दुर्घटनामा पूर्वी चौकी गाउँपालिका–३ का २९ वर्षीय खेमबहादुर बोहरा र सोही ठाउँका ४५ वर्षीय पुरन बोहराको मृत्यु भएको डिएसपी भोलाकुमार भट्टले थाहाखबरलाई जानकारी दिए।

स्थानीय बजार साँझघाटबाट गैरा गाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जिप साँझ ७ बजेतिर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो भने ८ जना घाइतेमध्ये एक जना सिकिस्त छन्। घाइतेलाई डोटी जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ।

दुर्घटनापछि जिपचालक फरार भएका छन्। दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.