|

काठमाडौं : गायक राजु लामा र अभिनेत्री दिया पुनले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन्। उनीहरूलाई सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रालयमा आयोजित कार्यक्रममा राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका छन्।

मंगोलियन हार्ट ब्याण्डका लामाले कार्बन उत्सर्जन घटाउनु, पर्यटन प्रवर्द्धन गर्न र संगीत तथा हिमालको नातालाई गाढा बनाउन आफूले सगरमाथा आरोहरण गर्न लागेको बताए। उनले सगरमाथा आरोहणसहित ६ हजार ५०० मिटर उचाइको क्याम्प २ मा वैशाख दोस्रो साता सांगीतिक कार्यक्रमसमेत गर्ने जानकारी दिए।

‘कार्बन उत्सर्जन घटाउनु, पर्यटन प्रवर्द्धन गर्न र संगीत तथा हिमालको नातालाई गाढा बनाउन मैले सगरमाथा आरोहण गर्न लागेको छु,’ गायक लामाले भने‚ ‘विश्वको सबैभन्दा उच्चस्थानमा कन्सर्ट गरेर कीर्तिमान राख्ने योजना छ।’

अभिनेत्री पुनले जलवायु परिवर्तनले हिमालमा पारेको असर र विश्वमा नेपाली फिल्मको प्रचारप्रसार गर्ने उद्देश्यले सगरमाथा हिमाल आरोहण गर्न लागेको बताइन्। अभिनेत्री पुन चैत २३ गते र गायक लामा चैत २७ गते सगरमाथातर्फ प्रस्थान गर्ने कार्यक्रम तए भएको छ।

मन्त्री आलेले सगरमाथा आरोहण गर्न लागेका गायक लामा र अभिनेत्री पुनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन्।

‘सतर्कता र सावधानीपूर्वक हिमाल चढ्नुहोला,’ मन्त्री आलेले भने, ‘आवश्यक पर्ने सहयोग भन्नु होला हामी सहयोग गर्न तयार छौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.