|

जाजरकोट : सबै वडामा वडा कार्यालय निर्माण गरी सेवा प्रवाह सरल बनाएको नलगाड नगरपालिकाले आजदेखि प्रशासकीय केन्द्र दल्लीमा आफ्नै भवन निर्माण गरेको छ।

१३ वटा वडामा भवन निर्माण गरिसकेको पालिकाले आजदेखि नगरपालिकाबाट दिने सेवा आफ्नै भवनबाट दिन थालेको हो। करिब ४ करोड लगानीमा निर्माण गरिएको उक्त भवनका ३५ वटा कोठा रहेका छन्। एउटै भवनबाट सबै शाखाको काम हुने भएको प्रमुख प्रशासकीय केन्द्र मानबहादुर गिरीले बताए।

नगरपालिका भित्रका सबै कार्यालय अब भाडामुक्त भएको उनले बताए । उक्त भवनको पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरे। ३ वर्ष लगाएर निर्माण गरिएको नगरपालिकाको भवन भव्य रहेको छ। आफ्नै पालिकाको भवन निर्माण गर्नेमा नलगाड तेस्रो नम्बरमा परेको छ। पालिकासम्म वडा कार्यालय निर्माण गर्नेमा नलगाड नगरपालिका एक नम्बरमा परेको छ।

त्यस्तै  १५ शय्याको नगर अस्पतालको भवनको पनि निर्माण कार्य जारी रहेको नगरप्रमुख टेकबहादुर रावलले बताए। अधिकांश ठाउँमा वडा स्तरसम्मै स्वास्थ्य संस्थाको भवन निर्माण गरिसकेको नलगाडले अब नगर अस्पताल समेत निर्माणको काम जारी राखेको छ। त्यस्तै १३ वटा वडामा समेत सडकको ट्रयाक ओपन भइसकेको अधिकृत गिरीले बताए।

भेरी करिडोरअन्तर्गत पर्ने यस पालिकाभित्रबाट जाजरकोट–डोल्पा सडक पर्छ। नलगाड जलविद्युत् आयोजना (७१७ मेगावाट) र ताँसुगाड जलविद्युत् आयोजना (७ मेगावाट) को समेत यही पालिकाभित्र पर्छन्।

त्यस्तै ४०० केभीएको सबस्टेशन समेत नलगाडकै दानी पीपलमा निर्माण कार्य जारी छ। भेरी नदीमाथि तीनवटा ठूला पुलको बोलपत्र भई काम समेत जारी छ। जिल्लाका अन्य पालिकाभन्दा विकास निर्माणको हिसाबले नलगाड नगरपालिका अगाडि देखिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.