|

काठमाडौं : पछिल्लो २४ घन्टामा ५१ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आज २४ जना संक्रमित थपिँदा ५१ जना संक्रमणमुक्त भएका हुन्।

आज ५ हजार ५ सय ८७ जनामा गरिएको परीक्षणमा आज २४ जना संक्रमित थपिएका हुन् भने आज पनि कोरोना संक्रमणबाट कसैको मृत्यु भएको छैन। हाल देशभरि ८ सय १२ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभरि आइसियू र भेन्टिलेटरमा गरि १७ जना संक्रमित उपचाररत छन्। 

हालसम्म देशमा लक्षित जनसंख्याको ९३ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.