|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर  विश्वकर्मा प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवासहितको सरकारी टोलीबीच भेटवार्ता भएको छ। 

मंगलबार भएको भेटमा तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ। भेटमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँड, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, गृहसचिव टेकनारायण पाण्डे र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको सहभागिता रहेको थियो।

भेटवार्तामा नेकपाका प्रवक्ता प्रकाण्डले तीन बुँदे सहमति कार्यान्वयनमा सरकार इमान्दार नभएको भन्दै रोष प्रकट गरेका थिए। उनले नेकपाका नेता कार्यकर्ता रिहा नभएकोले एक हप्ताभित्र सबै बन्दीलाई रिहा गर्नुपर्ने र नेकपाका नेता कार्यकर्तामाथि लगाइएको मुद्दा यथाशक्य छिटो खारेज गर्नु पर्ने बताएका थिए।

सरकारी टोलीले तीन बुँदे कार्यान्वयनमा सरकार इमान्दार भएको जवाफ दिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.