|
फाइल फोटो

काठमाडौं : नेपालगञ्जमा आकस्मिक अवतरण गरेको बुद्ध एयरको विमान काठमाडौँ आइपुगेको छ। धनगढीबाट काठमाडौँका लागि उडेको २५२ कलसाइनको विमानमा सवार एक यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नेपालगञ्जमा अवतरण गरिएको थियो।

नेपालगञ्जमा केहीबेर होल्ड भएको जहाज बिहान ११ बजेर १३ मिनेटमै काठमाडौँ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो। नेपालगञ्ज विमानस्थलमा स्वास्थ्यकर्मी र एम्बुलेन्सको व्यवस्था गरिएको थियो।

विमानस्थलमै स्वास्थ्य जाँच गरिएपछि ती यात्रु ठिक छ भन्दै आफन्तसहित बाहिरिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.