|

जनकपुरधाम : धनुषाबाट ४९ थान डाइलेक्स डिसी नामक प्रतिबन्धित लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका-५ स्थित भलुवाहा बस्ने २३ वर्षीय पंकजकुमार गुरमैता रहेकाे सशस्त्र प्रहरी व्यास क्याम्पले जानकारी दिएको छ। 

गुरमैताका साथबाट ४९ थान सय एमएलको डाइलेक्स डिसी नामक प्रतिबन्धित लागुऔषध फेला परेको छ।

मंगलबार राति धनुषाको जनकनन्दनी गाउँपालिका-२ स्थित बल्हागोठस्थित सीमा इलाकामा बीओपी खजुरीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज९प ७७६ नम्बरको मोटरसाइकलसहित लागुऔषध बरामद गरेको जानकारी दिइएको छ।

गुरमैतामाथि थप अनुसन्धान भइरहेको र आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई  बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.