|

चितवन : स्वर्गीय दिलिप राना स्मृति तेस्रो अन्तर्राष्ट्रिय चितवन भेटेरान कपको उपाधि फ्रिडम फाइटर ठमेलले जितेको छ।

आज भएको फाइनलमा चितवन भेटेरान रातोलाई टाई ब्रेकरमा पराजित गर्दै ठमेल च्याम्पियन बनेको हो।

ठमेलले चितवनलाई टाई ब्रेकरमा ५–४ ले पराजित गर्यो।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाईब्रेकरबाट लिईएको हो।

टाईब्रेकरमा ठमेलले पाँच गोल गर्दा चितवनको पाचौं प्रहार गोलकिपरले बचाए।

खेलको म्यान अफ दि म्याच ठमेलका मुकुन्द थापा भए।

विजेता ठमेलले ट्रफ्री सहित नगद एक लाख ५१ हजार प्राप्त गरेको छ।

उपविजेता बनेको चितवनले ७५ हजारमा चित्त बुझाएको छ।

ठमेलका राजकुमार घिसिङ प्रतियोगिता भरको सर्वोकृष्ट खेलाडी घोषित भए। उनले दश हजार प्राप्त गरे।

चार गोल गरेका ठमेलका विकर्ण श्रेष्ठ सर्वाधिक गोलकर्ता भए।

यस्तै चितवनका अनिल आचार्य उत्कृष्ट डिफेन्डर, चितवनकै सुरेन्द्र चौधरी उत्कृष्ट मिडफिल्डर तथा चितवनकै राजकुमार गुरुङ उत्कृष्ट गोलकिपर भए।

उनीहरुले जनही पाँच–पाँच हजार प्राप्त गरे ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.