|

कञ्चनपुर : कञ्चनपुरको निर्वाचन क्षेत्र १ का ४ स्थानीय तहमा कांग्रसेले स्थानीय तह निर्वाचनमा सत्ता साझेदार दलसँग चुनावी तालमेल नगर्ने भएको छ। कांग्रेस प्रतिनिधिसभा क्षेत्र १ क्षेत्रीय समितिले जिल्ला सभापति पदम बोगटीलाई कांग्रेस कार्यकर्ता तालमेलको पक्षमा नदेखिएको भन्दै एक्लै चुनाव लड्ने निर्णय गरिएको जानकारी गराएको हो।

निर्वाचन क्षेत्र १ बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका छन् । ती चारओटै स्थानीय तहमा तालमेल अस्वीकार्य हुने कांग्रेस क्षेत्रीय समितिले पार्टी सभापतिलाई जानकारी गराएको छ।

कांग्रेस क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय र सचिव बिसराम रानाले सभापतिलाई पठाएको जानकारी पत्रमा तालमेल नगरी चुनावमा जाँदा कांग्रेस एक्लैले सफलता हात पार्ने दाबी गरिएको छ। लालझाडी गाउँपालिका कांग्रेस समितिले यसअघि चुनावी तालमेल नगर्ने औपचारिक निर्णय गरेको थियो।

बेलौरी र पुनर्वास नगरपालिकामा पनि तालमेलविरुद्ध देखिएका थिए। कांग्रेसको भीमदत्त नगर कार्य समितिले यसअघि चुनावी तालमेल नगर्ने निर्णय गरिसकेको छ। २०७४ को स्थानीय तह निर्वाचनमा यी ४ क्षेत्रमा कांग्रेस पराजित भएको थियो। त्यसमध्ये बेलौरीमा कांग्रेस तेस्रो थियो। ४ स्थानीय तहमध्ये एमाले र माओवादी केन्द्रले २/२ तह जितेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.