|

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा-११ को परीक्षा आगामी जेठको तेस्रो सातादेखि सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ। बोर्डले सूचना जारी गरि कक्षा-१२ को वार्षिक परीक्षासँग नजुध्ने गरि ११ काे परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।

कक्षा-१२ को परीक्षा जेठ १६ बाट सञ्चालन हुँदै छ। त्यस्तै, त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायका डिनको कार्यालयले सेमेष्टर प्रणालीमा सञ्चालित स्नातकोत्तर तहको  शैक्षिक वर्ष २०२१ को नियमित परीक्षा जेठ १७ बाट सञ्चालन हुने जानकारी दिएको छ।

नियमित तथा सोभन्दा अघि शैक्षिक वर्ष २०१७ सम्मका आंशिक परीक्षासमेत सोही मितिबाट सञ्चालन हुने डीनको कार्यालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.