|

काठमाडाैँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी बनाउन आवश्यक तयारी गर्न कार्यकर्ता पङ्क्तिलाई निर्देशन दिएका छन्।

अध्यक्ष ओलीले जनादेशको दुरुपयोग गर्नेहरुलाई देखाउने गरी चुनावको तयारी गर्नुपर्ने र त्यसका लागि सबै एक भएर जुट्नुपर्ने उनको भनाइ थियो।

स्वास्थ्यकर्मीहरुले नागरिकको स्वास्थ्यका लागि ध्यान दिएर उपचार गर्नुपर्ने भन्दै ओलीले स्वास्थ्यकर्मीको पेसा, सेवा नै धर्म भएकाले उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिए।

अध्यक्ष ओलीले महामारीका बेला स्वास्थ्यकर्मीले आफ्नो ज्यानको बाजी राखेर गरेको कामप्रति उच्च प्रशंसा गरेका थिए।

स्वास्थ्यकर्मीको महाधिवेशनमा देशभरबाट ७०० प्रतिनिधि सहभागी भएका छन्।

आइतबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.