|
फाइल फोटो

काठमाडौं : स्थानीय वायु तथा पश्चिमी वायुको प्रभावका कारण आज प्रदेश १‚ बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिवार बिहान पहाडी भू-भागमा सामान्य बदली रही गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही केही स्थानमा मेघजर्गनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाँकी प्रदेशमा भने सामान्यतः मौसम सफा रहने छ।

राति प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशको मौसम सामान्य बदली रही हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.