|

दाङ : दाङमा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन्।

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै गाउँपालिकाको प्रयोग गर्दै आइरहेको रा १ झ ६१६ नम्बरको बलेरो जिप आइतबार कार्यालयमा बुझाएका हुन्।

आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै गाउँपालिका अध्यक्षले गाडी फिर्ता गरेको गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले जानकारी दिए। २०७४ सालको स्थानीय तहमा अध्यक्ष वली माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।

जिल्लाका १० स्थानीय तहका जनप्रतिनिधिहरू निर्वाचित भएपछि करिब २३ लाखदेखि ६० लाखसम्मका गाडी किनेर चढ्दै आएका छन्।

ऐन कानुनमा स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई सवारीसाधन प्रयोग गर्ने सुविधा छ। जिल्लामा स्थानीय तहका प्रमुखदेखि वडाध्यक्षले समेत सवारीसाधन प्रयोग गर्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.