काठमाडौं : यो हप्ताको पहिलो कारोबार भएको दिन, सोमबार शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ।
गत विहीबार बढेको शेयर बजार सोमबारको बढ्ने अपेक्षा विपरीत घटेको छ।
आजको नेप्से कारोबार परिसूचक ४४.५६ अंकले घटेर २४१९.८० विन्दुमा झरेको हाे।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.८७ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३ अंक घटेको छ।
सोमबार कारोबारमा आएका २३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता शेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ।
नेप्से परिसूचकमा गिरावट आए पनि गत बिहीबारको कारोबार रकम भन्दा सामान्य सुधार भएको छ।
नेप्सेका १३ वटै उप समूहको परिसूचक राताम्मे भएको छ।
जसमध्ये अन्य उप समूहको परिसूचक सर्वाधिक ४.६२ प्रतिशत घटेको छ।
त्यस्तै जीवन बीमा , वित्त, जलविद्युत, होटल तथा पर्यटन, लगानी, उत्पादन तथा प्रशोधन र व्यापार उपसमूहको परिसूचक घटेको छ।
सोमबार नेप्से ओरालो लागेपनि दुई वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
जसमा नेष्डो समृद्ध लघुवित्त र जाल्पा लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
त्यस्तै, इमर्जिङ्ग नेपाल र राष्ट्र उत्थान लघुवित्तको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा १६ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।