|
फाइल तस्वीर

हेटौंडा : बागमती प्रदेश सरकारको टुक्रे योजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा उजुरी परेको छ।

स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत ५ लाखका टुक्रे योजना वितरण गरेको भन्दै प्रदेश सरकारविरुद्ध अख्तियारमा उजुरी परेको हो। फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले बजेट रकमान्तर गर्दै ५ लाखका २ हजार २ सय ९९ सय टुक्रे योजना बागमती प्रदेश सरकारले ल्याएको थियो।

संविधानको धारा २३२ विपरीत स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत विकास निर्माणको काम अघि बढाउने सरकारको निर्णय संविधान र कानूनविपरीत भएको भन्दै सरकारविरुद्ध उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए।

प्राविधिक लागत इस्टमेट बिना सम्भाव्यता अध्ययन नै नगरी स्थानीय तहले गर्दै आएको काममा दोहोरो हुने गरी प्रदेश सरकारले बजेट वितरण गरेको निवेदनमा उल्लेख भएको आयोगका सापकोटाले बताए। निवेदन उपर अख्तियारले छानबिन गर्ने सापकोटाको भनाइ छ।

प्रदेश सरकारले निर्वाचनका बेला कार्यकर्ता पोस्न रकम दुरुपयोग गर्ने मनसायले मनोमानी योजना छनोट गरी बजेट वितरण गरेको भन्दै प्रतिपक्षी दल एमालेले सरकारको विरोध गर्दै आएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.