|

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि पाँच मुलुकका गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा राजदूतहरुले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।

पेश गर्ने राजदूतहरु अष्ट्रिया, हङ्गेरी, अर्जेण्टिना, क्यानडा र डोमिनिकन गणतन्त्रका क्रमशः क्याथरिना विजर, आन्द्रेस लाज्लो किराली, ह्युगो हाभियर गोबी, क्यामरुन डीन म्याके र डेभिड पुइग रहेका छन्।

उनीहरु सबैजना भारतका लागि तत् देशका आवासीय राजदूत हुन् र उनीहरुले नयाँ दिल्लीबाटै नेपाल मामिला समाल्नेछन्। 

त्यस अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.