|

काठमाडौं : एएफसी एसियन कप फुटसलको छनोट अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ।

कीर्गिस्तानको बिस्केकस्थित गाज्पोर्म स्पोर्टस् कम्प्लेक्समा नेपाल र अफगानिस्तानबीचको खेल दिउँसो पौने २ बजे सुरु हुनेछ। दुई खेलमा पराजित हुँदै समूह चरणबाटै बाहिरिसकेको नेपाल आज सान्त्वना जितको खोजीमा हुनेछ।

तुलानात्मक रुपमा कमजोर भनिएका टोलीसँग पराजित भएको नेपाललाई अफगानिस्तान थप चुनौती बन्ने देखिन्छ। नेपाल आफ्नो पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ गोलले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ११–१ गोलले पराजित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.