|

काठमाडौं : सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले अर्थमन्त्रीसँग तालमेल मिलेन भनेर गभर्नर निलम्बन गर्नु सरकारको गैर जिम्मेवारपन भएको बताएका छन्।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता कोईरालाले यस्तो बताएका हुन्।

उनले ४० करोड विदेशी रकम नेपालमा आउँदा राष्ट्र बैंकले छानबिन गर्न पाउनु पर्ने बताए।

कोईरालाले अर्थमन्त्रालयले गरेका गलत कामहरु राष्ट्र बैंकले रोक्ने काम गरिरहेको हुनाले अधिकांश लोकतान्त्रिक देशहरुमा अर्थमन्त्री र गभर्नरबीचको तालमेल नमिल्ने जिकिर गरे।

कोईरालाले देशको आर्थिक स्थिति कमजोर भइरहेको बेलामा विलासिताका सामान, मरिच, सुपारी, मटर दाना लगायतका सामग्रीहरु आयात गर्नैपर्ने आवश्यकता किन छ? भन्ने प्रश्नको उत्तर सरकारले दिनुपर्ने बताए ।

उनले भने, ‘तालमेल मिलेन रे, राष्ट्र बैंकको गभर्नरसँग कुरा मिलेन रे भनेर निलम्वन गर्नु एकदमै गैर जिम्मेवार हो भन्ने मलाई लाग्छ। त्यति मात्रै होइन, ४० करोड रुपैयाँ विदेशी रकम नेपालमा आउँछ, त्यसको छानबिन रोकिएको हुन्छ, त्यसको छानबिन गर्ने निकाय राष्ट्रबैँक हो कि होइन ? राष्ट्रबैँकले त अर्डर गर्छ नि।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.