|

चितवन : नेपाली कांग्रेसले चितवनको भरतपुर महानगरपालिकामा गठबन्धन नगर्ने निर्णय गरेको छ।

महानगरका वडा सभापतिहरूले महानगरपालिकाको कुनै पनि पदमा गठबन्धन नगर्न पार्टी नेतृत्वलाई खबरदारी गरेका छन्।

जिल्ला पार्टी कार्यालय भरतपुरमा उपलब्ध २७ जना वडा सभापतिको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकमा उनीहरुले महानगरपालिकाको मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य सबै पदमा कांग्रेसकै उम्मेदवार हुनुपर्ने निर्णय गरेको हो।​

सभापतिहरूको बैठकले यदि कुनै पनि पदमा तालमेल गरेर अन्य पार्टीलाई उम्मेदवार बनाइए स्वतन्त्र उम्मेदवारी दिने समेत चेतावनी दिएका छन्।

यो निर्णयले माओवादी केन्द्रलाई ठूलो धक्का हुने बुझिएको छ। महानगरको मेयरमा माओवादीले दाबी गरिरहँदा कुनै पनि पदमा आफ्नै पार्टीका उम्मेदवार उठाउनुपर्ने कांग्रेसकै माग उठेपछि गठबन्धनलाई प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.