|

काठमाडौं : नेपाली कांग्रेस गण्डकी प्रदेश कार्य सम्पादन समिति सदस्य तथा गोरखाबाट महासमिति सदस्य शोभा अधिकारीले गोरखा नगरपालिकाको मेयरमा दाबी गरेकी छन्।

गोरखा नगरपालिकामा आफू लोकप्रिय भएको आधारमा नै सो पदको दाबी रहेको उनले थाहाखबरलाई बताइन्।

गण्डकी प्रदेशकी सक्रिय महिला नेतृका रूपमा चिनिएकी अधिकारी निडर र क्षमतावान नेत्रीका रुपमा समेत आफ्नो पहिचान बनाउँदै आएकी छन्। हँसिली र मिजासिली स्वभाव रहेकी उनी सबै वर्ग र समुदायमा प्रिय छिन्।

ब्यवस्थापन र समाजशास्त्रमा डबल डिग्री होल्डर शोभा समुदायमा सजिलै घुलमिल हुन सक्ने उनको नरम र मिलनसार बानीले छिटै मन जित्न सक्ने खुबी उनीमा छ। सबैलाई सम्मान र समान ब्यबहार गर्ने उनको बानीले उनलाई नजिकबाट चिन्नेले बताउँछन्।

उनी अहिलेको चर्चित युवा नेता नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा नेविसंघको केन्द्रीय सभापति हुँदा पद्म कन्या क्याम्पस काठमाडौंको स्ववियु उपसभापति थिइन्। अहिलेका महामन्त्री गगन थापा नेविसंघको महामन्त्री र गुरुराज घिमिरे केन्द्रीय सभापतिसँग केन्द्रीय सदस्यमा रही सँगै काम गरेकी थिइन्।

तीन कार्यकाल नेविसंघको केन्द्रमा काम गरेर नेपाली कांग्रेसको राजनीतिमा आएकी शोभाले गोरखाको जिल्ला सदस्य हुँदै महासमिति सदस्य, गण्डकी प्रदेश सदस्यमा भारी मतले चुनाव जितेकी हुन्।

भ्रष्टाचार विरोधी समाजसेवी नेत्री अधिकारी अस्वस्थ राजनीति प्रतिस्पर्धा रोक्नुपर्ने मान्यता राख्छिन्।

उनी भन्छिन् 'पुरुष सरह महिला समान हैसियतका छवि,योग्य,सक्षम,योगदान गरेका छन् तर पनि महिलालाई हेर्ने दृष्टिकोण आजभन्दा पहिले फरक थियो। अहिले परिवर्तन भएको छ। अग्रज र साथीहरुले समान हैसियतको रुपले व्‍यवहार गर्नुहुन्छ।'

संविधानले पनि हामीलाई संवोधन गरेको छ। मतदाताको कुरा गर्दा हामी महिलाको संख्या बढी छ। तर अवसरमा हाम्रो प्रतिशत कम छ। त्यसैले महिलाहरु योग्य, क्षमतावान, प्रतिभावान, विचार दिन सक्ने, नेतृत्व लिन सक्ने, समय दिने, विकास प्रेमी,भ्रष्टाचार विरोधी, राजनीतिक योगदान गरेका महिला छन र मेयरमा दाबी गरेका छन् भने कम्तीमा ३३ प्रतिशत महिलालाई टिकट दिनु पर्छ।

राजनीतिमा आउन महिलालाई धेरै गाह्रो छ। महिलालाई जिताउन सके मात्र सम्मुनत समाज, न्याय, स्वतन्त्रता, समानता जनहितमा समर्पित लोककल्याणकारी राज्य व्यवस्था सहितको निर्माण गर्न सकिन्छ।

भ्रष्टाचाररहित निकाय बनाउने, गोरखा जिल्लालाई पर्यटन क्षेत्रको रुपमा बिकास र विस्तार गर्ने आफ्नो प्रमुख लक्ष्य भएको बताउँदै अधिकारीले गोरखाली जनताको आर्थिक, सामाजिक विकास र सांस्कृतिक संरक्षणका लागि महिला, जनजाति, दलित र पिछड़िएको वर्गको उत्थानका लागि आफूले नगरप्रमुखमा दावी गरेको बताएकी छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.