|

खोटाङ : जन्तेढुंगा गाउँपालिका–२ बोपुङस्थित कन्यछाँगा आधारभुत विद्यालयको छाना हावाहुरीले उडाएको छ। विद्यालयको छाना हावाहुरीले उडाएपछि विद्यार्थीहरु खुला आकाशमुनी घाममा बसेर परीक्षा दिन बाध्य भएका छन्। 

बिहिबार साँझ चलेको हावाहुरीले विद्यालयको तीन कोठे भवनको छाना पूर्णरुपमा उडाएको हो। हावाहुरीले विद्यालयको छाना उडाएर जमिनमा थुपारेको विद्यालयले जनाएको छ।

हाल जन्तेढुंगा गाउँपालिकाका सामुदायीक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भइरहेको छ। अन्य बैकल्पिक कक्षाकोठा नभएपछि सो विद्यालयका विद्यार्थी भने घाममा बसेर परीक्षा दिन बाध्य भएका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.