|

काठमाडौं : स्याङजामा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। डाँडाखर्कबाट वालिङतर्फ आउँदै गरेको ग१ज ७३९९ नम्बरको जिप आज बिहान वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित भित्री सडकमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै र थप एकजनाको उपचारको क्रममा मृत्यु भएको स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।

​मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय वीरबहादुर दाला, ४५ वर्षीय हिरा दाला,२५ वर्षीया शर्मिला सारु र नाम नखुलेका उनका ६ महिनाका छोरा छन्।

यस्तै, ६१ वर्षीया कुल कुमारी कनौजेको पनि मृत्यु भएको छ। घाइतेमध्ये ६ जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.