|

काठमाडौं : चितुवाको छालासहित काठमाडौंबाट ४ जना प्रक्राउ परेका छन्। प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले गत शुक्रबार काठमाडौं महानगरपालिका-३ स्थित पूर्वपश्चिम गेष्ट हाउसबाट चितुवाको छालासहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गुल्मीको चन्द्रकोट गाउँपालिका-७ का ३५ वर्षका विष्णु सुनार, ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका-९ घर भएका भक्तपुर चाँगुनारायण बस्ने २९ वर्षीय फुरी शेर्पा, धादिङ गजुरी गाउँपालिका-५ का चाँगुनारायण बस्ने २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुली कमलामाई नगरपालिका-४ हिरापानीका ललितपुर पाटन बस्ने ३० वर्षका विकास पुर्कुटी रहेका छन्।

उनीहरूको साथबाट पुच्छरसहित सवा ४ फिट लम्बाइ, २ फिट चौडाइ र ६ फिट ९ इन्च फिट लम्बाइ र ३ फिट चौडाइ भएको दुई थान चितुवाको छाला र छाला बिनाको चितुवाको टाउकोजस्तो देखिने खप्पर पनि बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरी टोलीले काठमाडौं बूढानीलकण्ठ नगरपालिका वडा नं ८ गल्फुटार र काठमाडौं महानगरपालिका-३ स्थित सिमानामा रहेको पूर्व पश्चिम गेष्ट हाउसमा जाँच गर्दा झोलाभित्र बोराले बेरेर राखेको अवस्थामा छाला र रूमालमा बेरेको अवस्थामा चितुवाको जस्तो देखिने खप्पर फेला पारेको थियो।

प्रहरीको नियन्त्रणमा रहेका उनीहरूलाई बरामद गरिएको सामानसहित अनुसन्धान र कारबाहीका लागि आज (आइतबार) डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.