|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभरि १२ जना कोभिड-१९ संक्रमित भेटिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ४ सय ८९ जनामा गरिएको परीक्षणमा १२ जना संक्रमित भेटिएका हुन्। आज ३६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारण हुने मृत्युको संख्या आज पनि शून्य रहेको छ।

मन्त्रालयको विवरणअनुसार हाल देशभरि ३ सय ७५ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभरि १० जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत रहेका छन्। आज देशभरि ६ हजार ७ सय ५८ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.