|

काठमाडौं : नेकपा एकीकृत समाजवादीले पोखरा महानगरमा आफ्नो दाबी नछाडेपछि नेपाली कांग्रेसले चुनावी तालमेल नगर्ने निर्णय गरेको छ। 

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको गठबन्धनको बैठकअनुसार सहमतिको प्रयास गरेको भए पनि असफल भएको हो। 

सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले आज विज्ञप्ति निकालेर अन्य गठबन्धनको दलसँग तालमेलको बारेमा छलफल गरे पनि एकीकृत समाजवादीसँग चुनावी प्रतिस्पर्धा हुने उल्लेख गरेका छन्।

गठबन्धन दलका शीर्ष नेताहरूको बालुवाटारमा बसेको बैठकले आज ६ वटा महानगरको भागबण्डा टुंग्याउने तयारी भइरहेको छ। गठबन्धनमा कांग्रेसलाई ३, माओवादी, समाजवादी र जसपालाई १/१ महानगर दिने सहमति नजिक पुगेको छ। 

केन्द्रबाट पोखरा महानगर एकीकृत समाजवादीलाई दिने सहमति नजिक पुगेको बेलामा कास्कीले समाजवादीसँग तालमेल गर्न नसक्ने निष्कर्ष निकालेको छ। 

त्यसो त शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी संगठित सदस्य ८ हजार र जन वर्गीय संगठनको समेत जोड्दा १२ हजार कार्यकर्ता मात्रै रहेको उल्लेख गरेका थिए। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.