|

सोलुखुम्बु : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।

आज सोलुखुम्बुमा आयोजित जनसभामा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्न बालुवाटारमा दैनिक बैठक बसिरहेको आरोप लगाएका हुन्।

गठबन्धनको निरन्तर बैठकलाई व्यंग्य गर्दै ओलीले बालुवाटारमा गठबन्धनले अण्डा ओथरेको भएपनि चल्ला पार्ने नपार्ने थाहा नभएको बताए।

उनले स्थानीय तहको चुनाव सार्ने षड्यन्त्रमा नलाग्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिएका छन्।

आफूले यसअघि पनि प्रधानमन्त्रीलाई चुनाव सार्ने चेष्टा नगर्न आग्रह गरेको उनले सुनाए।

५ दलीय गठबन्धनबाट देशलाई जोगाउने कर्तव्य पूरा गर्न आफू लागि परिरहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.