|

अफगानिस्तानको राजधानी काबुलमा मंगलबार बिहान विद्यालयमा बम विस्फोट भएको छ।

आक्रमणकारीले दुई विस्फोट गराएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते  भएका छन्।

काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटनका घटना मध्ये पहिलो विस्फोटन मुम्ताज विद्यालयमा भएको हो।

त्यसैगरी दोस्रो विस्फोटन भने राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो। त्यो पनि विद्यालय नजिकै भएको थियो। दुवै विस्फोटनका घटनामा परी घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.