|

काठमाडौं : आकाश श्रेष्ठ र सिर्जना कार्की अभिनित ‘बसन्ती’ बोलको गीत सार्वजनिक भएको छ।

गीतलाई आकाश पाण्डेले निर्देशन गरेका हुन्। पाण्डे फिल्म निर्माता समेत हुन्।

उनले यसअघि निखिल उप्रेती र भारतीय अभिनेत्री मोनिका बेदीलाई  लिएर ‘परिचय’ नामको फिल्म बनाएका थिए भने उनले निर्माण गरेको ‘कमिटमेन्ट २४ आवर’ बीचैमा रोकिएको थियो।

आकाश र सिर्जनाबाहेक गीतमा रन्जित सिंहको पनि अभिनय देख्न सकिन्छ।

माया प्रेमको भाव पस्कने गीतमा नवराज कलाउनी र विद्या तिवारीको स्वर रहेको छ भने संगीत राजेन्द्र भट्टको रहेको छ।

गीतको शब्द रचना पनि नवराजकै हो।

ज्ञानेन्द्र शर्माको छायांकन रहेको गीतलाई अर्जुन भुषालले कोरियोग्राफ गरेका हुन्।

गीतमा मोहित मुनालको एरेन्ज र विकास ज्ञवालीको सम्पादन रहेको छ।

मान्द्रो मुभिजको प्रस्तुति रहेको गीतमा निर्माता सुनिल कुमाल हुन् भने सहनिर्माता अजय श्रेष्ठ र रन्जित सिंह रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.