|

काठमाडौं : बेलायती प्रधानमन्त्री बोरिस जोन्सन दुई दिने भ्रमणका लागि भारत आइपुगेका छन्। उनी बिहीबार बिहान गुजरात विमानस्थल ओर्लिएका हुन्। जोन्सनलाई गुजरातका मुख्यमन्त्री भुपेन्छ पटेलले विमानस्थलमा स्वागत गरेका थिए। 

हालै युक्रेनको भ्रमण गरेका जोन्सनले युक्रेन युद्धमा रुसको आलोचना नगरेको भारतलाई दबाब दिने ठानिएको छ। तर, युक्रेनमाथि भएको रुसी आक्रमणको विरोधका लागि संयुक्त राष्ट्रसंघमा दर्ता गरिएका प्रस्तावमा मतदान नगरेको भारतका बारेमा कुनै मुद्दा नउठाउने पीटीआईले जनाएको छ।

जाेन्सनको भारत भ्रमणका क्रममा प्रस्तावित स्वतन्त्र व्यापार सम्झौता, हिन्द–प्रशान्त क्षेत्रको सहकार्य बढाउने, सुरक्षा सहकार्य बलियो बनाउने लगायत विषयमा कुराकानी हुने जनाइएको छ।

बेलायतले भारतलाई रुससँगको सहकार्य कम गर्न दबाब दिँदै आएका वेला भएको उनको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.