|

काठमाडौं : सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले पदबाट राजीनामा दिएका छन्। फेरि मेयरको उम्मेदवार बन्नका लागि उनले। उपमेयर जानुका पराजुलीसमक्ष राजीनामा पेश गरेका हुन्।

उनी २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट विजयी भएका थिए। निर्वाचन आयोगले वैशाख ३० गते हुने निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने बाध्यकारी नियम लगाएपछि मेयर तामाङले आज पदबाट राजीनामा दिएका हुन्। 

उनले चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा दाबी गरिरहेका छन्। यो नगरपालिका माओवादीको पकड छ। 

चौताराको मेयरमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्णप्रसाद सापकोटा, जिल्ला संयोजक गोविन्द पराजुली, प्रमुख अमानसिं तामाङ, हालका उपप्रमुख जानुका पराजुली र युवा नेता श्यामसुन्दर श्रेष्ठले दाबी गरिरहेका छन्।

०७४ को निर्वाचनमा पनि पार्टीबाट विद्रोह गर्ने चेतावनीपछि टिकट पाएका तामाङले अहिले दोहोरिने सम्भावना न्यून छ। माओवादीबाट चौताराको मेयरमा केन्द्रीय सदस्य समेत रहेका सापकोटाको सम्भावना बलियो छ। तर, नेता तामाङले दोहोरिने मौका नपाए फेरि विद्रोह गर्ने चेतावनी दिएको सिन्धुपाल्चोक राजनीतिक वृत्तमा चर्चा छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.