|

सल्यान : यतिवेला नेतालाई चुनाव र किसानलाई बारीमा पहेँलपुर गहुँ भित्र्याउन चटारो छ। किसान वर्ष दिनभर खाने धानबालीपछिको गहुँ भित्र्याउने चटारोमा छन् भने राजनीतिक दलहरू पनि उम्मेदवार छनौट गर्न नसक्दा तनावमा रहेका छन्।

बारीमा पहेँलपुर भएर गहुँ पाकेपछि किसान चुनावलाई समेत बेवास्ता गर्दै बारीमा व्यस्त हुन थालेका छन्। पाकेको गहुँ भित्र्याएपछि मात्र कुन दललाई भोट हाल्ने भनेर छलफलमा जुट्ने किसानहरूको भनाइ छ। चुनावका लागि भोट हाल्ने समय अझै भएकाले आजभोलि दिनरात नभनी बाली भित्र्याउन लागिपरेको उनीहरूको भनाइ छ। अहिले यहाँका किसान दिनहुँ खेतीबारी व्यस्त देखिँदै आइरहेका छन्।

गत कात्तिकमा बेमौसमी वर्षाले गर्दा पाकेको धान भित्र्याउन नपाएका किसान अहिले पनि हावाहुरी र असिना आउने डरले गहुँ भित्र्याउन अन्य सबै काम त्यागेर जुटेका छन्। सल्यानमा १४ हजार हेक्टरभन्दा बढीमा गहुँ खेती हुँदै आइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.