|

संखुवासभा : संखुवासभामा गठबन्धनका दलहरुबीच आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि  तालमेल गर्ने निर्णय गरेका छन्।

संखुवासभाका १० स्थानीय तह मध्ये सात स्थानीय तहमा पाँच दलीय गठबन्धनले संयुक्त दलहरु बीच सहकार्य हुने भएको छ। सत्ता गठबन्धन दलहरुबीच भागवण्डाको सहमति नजुटेपछि कतै चुनावी तालमेल, कतै प्रतिस्पर्धा हुने भएको हो।

आ–आफ्नै अडानमा रहेपछि सात स्थानीय तहमा मात्र दलहरु बीच तालमेल हुने भएको छ।

गठबन्धनका लागि सात स्थानीय तहमा गठबन्धन हुने निर्णय भएको नेकपा माओवादी केन्द्रका  केन्द्रिय सदस्य तथा संखुवासभा इन्चार्ज राजेन्द्र कार्कीले जानकारी दिए।

मकालु, सिलिचोङ र चिचिला गाउँपालिकामा मित्रवत् प्रतिस्पर्धा  गर्ने निर्णय भएको छ। जसअनुसार माओवादी केन्द्रको भागमा एक स्थानीय तहमा प्रमुख र दुई उपप्रमुख परेको छ।

माओवादी केन्द्रले मादी नगरपालिका प्रमुख, खाँदबारी र चैनपुर नगरपालिकामा उपप्रमुख पाएको छ।

सत्ता गठबन्धनका दलहरुबीच पटक पटक बैठक बस्दा पनि भागबण्डामा सहमति जुट्न सकेको थिएन।

गठबन्धनमा सहमति नजुट्दा गठबन्धनका दलहरुबीच नै मित्रवत् प्रतिस्पर्धा हुने अवस्था आएको बताइएको छ।

नेपाली कांग्रेसले पाँच स्थानीय तहमा प्रमुख पाउने निर्णय भएको नेपाली कांग्रेस संखुवासभाका सभापति दिपक खड्काले जानकारी दिए।

उनका अनुसार कांग्रेसको भागमा खाँदबारी, चैनपुर, धर्मदेवी र पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिका प्रमुख पाएको छ।

कांग्रेसले भोटखोला गाउँपालिका, मादी र धर्मदेवी नगरपालिकामा उपप्रमुख पाएको छ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले भोटखोला गाउँपालिका प्रमुख, पाँचखपन नगरपालिका र सभापोखरी गाउँपालिकामा उपप्रमुख पाएको छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.