टिकट वितरण गर्न रामचन्द्र पौडेललाई समेटेर संसदीय समिति गठन

|

काठमाडौं : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा टिकट वितरणका लागि संसदीय बोर्ड गठन गरेको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसदीय समिति गठन गरेको हो।

पार्टी पदाधिकारीमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेटेर कांग्रेसले संसदीय समिति गठन गरेको छ। कांग्रेसको विधानअनुसार संसदीय समितिमा २५ जना सदस्य रहने व्यवस्था गरेको छ। संसदीय समितिको बैठक आजै साँझ बालुवाटारमा बस्ने तय भएको छ। 

यस्तै, बैठकले महानगर र उपमहानगरपालिकाको उम्मेदवारको टुंगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.