|

हेटौंडा : चितवनको भरतपुर महानगरपालिकामा अन्तिम समयमा आएर नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल हुने भएको छ।

आइतबार राति एमाले र राप्रपाले चुनावी तालमेल गर्ने सहमती गरेका हुन्। भरतपुरको मेयरमा राप्रपाले एमालेलाई सघाउने र उपमेयरमा राप्रपालाई एमालेले सघाउने सहमति भएको चितवन एमालेका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए।

भरतपुरको मेयरमा एमालेले विजय सुवेदीलाई उठाउने निर्णय गरिसकेको छ। यसअघि एमालेसँग चुनावी  तालमेल गर्ने सहमति नभएको भन्दै राप्रपाले भरतपुर महानगरका अध्यक्ष दिपक थापालाई भरतपुरको मेयरको उम्मेदवार बनाउने तय गरेको थियो । 

यस्तै गरी राप्रपालाई भरतपुर महानगरपालिकाको  १५ र २६ नम्वर वडा दिने पनि सहमति भएको छ। भरतपुरको ४,११, १६,१९ र २४ नम्वर वडामा भने दुबै दलका उम्मेदवार रहने उनले जानकारी दिए।

यी वडामा मित्रवत प्रतिस्पर्धा हुने न्यौपानेको भनाइ छ। बाँकी केही वडामा एमालेका वडाध्यक्षसहितका सदस्य हुनेछन् भने केहीमा एमालेका वडाध्यक्ष र राप्रपाका दुई जना सदस्य उम्मेदवार रहने एमाले चितवन अध्यक्ष न्यौपानेले बताए।

 यसअघि राप्रपाले भरतपुरको उपमेयर माग गरेपनि एमालेले दिन नमानेपछि सहमति हुन सकेको थिएन। तर,आइतबार दिनभर लगातार बसेको बैठकपछि एमाले राप्रपालाई उपमेयर दिन सहमत भएको हो। भरतपुरमा गठबन्धनविरुद्व जीत निकाल्नको लागि अन्ततः एमाले राप्रपालाई सहयोग गर्न सहमत भएको हो। एमालेले यसअघि नै राप्रपा नेपालसँग पनि चुनावी तालमेल गर्ने सहमति गरिसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.