|

काठमाडौं  :  नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेका महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ। 

गठबन्धनमा भएको सहमति अनुसार समाजवादीले पोखरा महानगरमा धनराज आचार्यलाई प्रमुखमा उठाउने भएको छ। यस्तै काठमाडौं महानगरको उपप्रमुखमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाएको छ।

यसै गरी हेटौंडा उपमहानगरको प्रमुखमा मिना लामा उम्मेदवार बनेकी छन्। त्यस्तै इटहरीको उपप्रमुखमा केशवकुमार विष्ट, बुटवलमा चिनबहादुर गुरुङ र तुलसीपुर उपमहानगरको उपप्रमुखमा  जोगबहादुर रानामगरलाई उम्मेदवार बनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.