|

जनकपुर : पाँच दिनअघि मात्रै नेकपा एमालेमा प्रवेश गरेका जानकीराम साहले जनकपुरधाम उपमहानगरपालिकाको मेयरको  टिकट नपाएपछि पार्टी छाडेका छन्। 

एमालेले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा शिवशंकर साह (हिरा) लाई उम्मेदवार बनाउने निर्णय गरेपछि असन्तुष्ट बनेका साहले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन्। 

जानकीरामसँगै उनको प्यानलबाट उपमेयरमा सरोज कुमार मिश्रले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्। 

तत्कालीन राजपाबाट जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा निर्वाचित साहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका थिए। 

साहले टिकट पाउने लोभमा एमाले प्रवेश गरेका थिए। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.